Narisawna Lyrics -Tribal Rain | Sikkim

Narisawna Lyrics -Tribal Rain


Grunge Studio Productions presents "Narisawna" by Tribal Rain Band, freestyle Experimental Acoustic originally based from the beautiful hills of Sikkim. The song was recorded and mixed at Psalms Studio, while the video was shot at a stunning roadside location between Rangpo - Melli (Tarkhola).

Narisawna Lyrics

नरिसाउन तिमी बिना मेरो जीवन सुन्य छ
नरिसाउन तिमी नै हो मेरो एउटै सपना
तिम्रो लागि मैले संसारलाई भुली दिए
तिम्रो लागि म आँफै जिउन भुली दिए
आँखामा आसु तिम्रो सुहाउदैन
खै मैले त माया लाउन जानिन रैछु
हामीले संगै बिताएका दिन अनी यादहरु
एउटा सपना सम्झी नभुली दिनु
यो माया भन्ने के हो
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सी सके आँफैलाई तिम्रो लागि
तिम्रो लागि


नरिसाउन अब निकालिदेउ यो एक्लोपन देखी
सुखमा हासी दु:खमा रोई दिउला तिम्रो लागि
नरिसाउन तिमीलाई मेरो याद आउनेछ
मन दुखाए पनि यो मन नतोडिदेउ
आँखामा आसुँ तिम्रो सुहाउदैन
खै मैले त माया लाउन जानिन रैछु
हामीले संगै बिताएका दिन अनि यादहरु
एउटा सपना सम्झी नभुली दिनु
तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
यस्तो नै हुदो रैछ माया भन्ने
तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ
यस्तो नै हुदो रैछ माया भन्ने
यो माया भन्ने के हो
तिमीबाट थाहा पाए मैले
म देखी टाढा नजाउ
बिर्सी सके आँफैलाई तिम्रो लागि
यो माया भन्ने के हो
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सि सके आँफैलाई तिम्रो लागि
तिम्रो लागि